+
+

हिन्दी ‘प्रेमगीत ३’लाई नेपालमा रोक्ने चर्चाबारे बोर्डले भन्यो- कुनै पनि फिल्म रोक्ने निर्णय भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १३:५८

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाल प्रदर्शनमा रोक लगाइने चर्चाका बीच चलचित्र विकास बोर्डले यसबारे औपचारिक प्रष्टीकरण दिएको छ ।

बोर्डले विज्ञप्ति जारी गर्दै कुनै पनि फिल्मको प्रदर्शनमा रोक लगाउने विषयमा कुनै निर्णय नगरेको जनाएको छ । यसबारे मिडियामा आएका विवरणप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चलचित्र क्षेत्रलाई बदनाम गर्ने प्रयत्न भएको ठहर समेत गरेको छ ।

यस्तो अफवाहले चलचित्रकर्मीप्रति मनमुटाव ल्याउने र चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत असर पर्नेतर्फ बोर्डले सजग गराएको छ । केही दिनयता प्रदीप खड्का स्टारर फिल्म प्रेमगीत ३ को हिन्दी संस्करणलाई नेपाल प्रदर्शनमा रोक लगाइने बारेका अपुष्ट विवरण सञ्चारमाध्यममा आएका थिए ।

यो अफवाहलाई लिएर अभिनेता सरोज खनाल लगायतले टिप्पणी पनि गरेका थिए । खनालले प्रेमगीत ३ को हिन्दी संस्करणको प्रदर्शन रोक्ने निर्णय आफूले सुनेको र त्यो दुःखद् भएको टिप्पणी गरेका थिए ।

यसैबीच, प्रेमगीतका निर्माता सन्तोष सेनले हिन्दी संस्करणलाई नेपालमा रिलिज गर्ने तयारी भइरहेको बताएका छन्, तर मिति भने यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?