+
+

एक सातामा तोलामै २८ सय रुपैयाँ घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते ११:४०

१७ भदौ, काठमाडौं । एक सातामा सुनको मूल्य तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।

शुक्रबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबारदेखि निरन्तर सुन र चाँदीको मूल्य घटे पनि आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आठ दिनको अवधिमा छापावाल सुनको मूल्य २ हजार ८ सय र चाँदीको मूल्य तोलानमा ७० रुपैयाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटकै कारण नेपाली बजार पनि प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?