+
+

तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान हुन्न : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १३:०६

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् ।

शुक्रबार ६९औं वाणिज्य दिवसको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ, तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन ।’

उनले शंकरदेव क्याम्पसलाई समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् ।

क्याम्पसमा अध्ययनअध्यापनकै लागि ठाउँ अभाव भएको विषयमा मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने उनले बताए । उनले भनेका छन्, ‘समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छ, मन्त्रिपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु चाहन्छु ।’

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताए । उनले भने, ‘विश्व विद्यालयमा ताला नलगाऔं, पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन्, त्यसलाई समाधान गरौं । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?