+
+

नेप्से १.६७ अंकले घट्यो, ७० करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १३:५५

१७ भदौ, काठमाडौं । सातको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १.६७ अंक (०.०८ प्रतिशत) ले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ ।

शुक्रबार हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ४ घण्टा कारोबार हुने बजारमा शुक्रबार भने दुई घण्टा मात्रै कारोबार हुँदै आएको छ । बिहीबार १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार करिब ७० करोडको कारोबार भएको छ ।

शुक्रबार नेप्सेमा १८ लाख १ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक१० करोड ४ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३७ लाख ३ हजारको कारोबार भएको छ ।

शुक्रबार नेप्सेमा १८७ कम्पनीको सेयर किनबेच भएकोमा ९७ कम्पनीको सेयर मूल्य घटेको छ । ७३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १७ कमपनीको भने स्थिर छ । शुक्रबार कारोबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.८० प्रतिशतले वृद्धि हुँदा रुरु जलविद्युत् कम्पनीको ९.६७ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ७.६१ प्रतिशतले बढेको छ ।

यता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइ मूल्य ६.१६ प्रतिशतले गिरावट हुँदा बुद्धभूमि हाइड्रोपावरको ४.१० प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?