+
+

माओवादीमा गुटैगुट भयो, नेताहरुकै बोलचाल छैन : प्रचण्ड

यज्ञ खत्री यज्ञ खत्री
२०७९ भदौ १७ गते १४:०२

१७ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गुटबन्दी धेरै भएको बताएका छन् । यही कारण स्थानीय तहको निर्वाचनमा पार्टीको अपेक्षाअनुसार परिणाम आउन नसकेको उनले बताए ।

शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले स्थानीय चुनावमा पार्टीले १७५ पालिका जित्ने आकलन गरिएको सुनाए । तर १२२ मा सिमित भएको भन्दै उने भने, ‘आन्तरिक अन्तरविरोध व्यवस्थापन गर्न नसक्दा ५० भन्दा बढी जितेको गुमायौं ।’

पार्टीमा विचार समूह एउटै रहेको र नेतृत्वमा पनि कसैको विमती नरहेको भए पनि थुप्रै गुटहरु बनेको बताए । यो गुटभन्दा पनि स्वार्थ समूह भएको र पदका लागि गठजोड भएको भन्दै उनले भने, ‘कार्यकर्ता लेभलमा छैन, नेताहरुमा छ । नेताहरुको बोली प्रस्तुत हेर्नुभयो भने बुझिहाल्नुहुन्छ ।’

बोलीमा प्रचण्ड नै हाम्रो नेता हो भन्ने गरेको तथर व्यवहारमा चाहिँ प्रचण्डभन्दा त म ठूलो हो भने जस्तो गर्ने गरेको उनले बताए । ‘नेताहरुको बीचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन्’, प्रचण्डले भने, ‘ यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती छ ।’

पार्टीको गुटबन्दी देखेर बेलाबला आफू समेत हैरान हुने गरेको प्रचण्डले सुनाए । यस्तो स्वार्थ समूह भएको पार्टी चलाइराख्नुभन्दा माक्र्सले इन्टरनेशनल विघटन गरे जस्तो गरौं कि भन्ने लाग्ने गरेको प्रचण्डले सुनाएका थिए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?