+
+

मोडल गिगी हदिदसँगको रोमान्समा ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो !

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १४:३६

काठमाडौं । गर्लफ्रेण्ड क्यामिला मोर्रोनीसँगको चार वर्ष लामो रोमान्स टुंगिएपछि ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो सिंगल थिए । तर यतिबेला उनी नयाँ प्रेमिकासँग डेटिङमा रहेको खबर छ ।

२७ वर्षीया अमेरिकी मोडल गिगी हदिदसँग अभिनेता डिकाप्रियोको रोमान्स चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गायक जयन मलिकसँग ब्रेकअप भएपछि गिगी सिंगल नै थिइन् । नेपाली फेसन डिजाइनर प्रबल गुरुङसँग गिगीको निकट सम्बन्ध छ ।

हलिउड म्यागजिन इनटच विक्लीले लियो र गिगीले पछिल्लो गर्मीयाममा केही समय सँगै बिताएको उल्लेख गरेको छ । निकट स्रोतका अनुसार केही समयदेखि नै यी दुई एकअर्कामा परिचित पनि छन् । ‘उनीहरु एकअर्काप्रति आकर्षित भएका छन् । गिगी गर्जियस र सेक्सी पनि छिन्, तर लो–प्रोफाइलमा पनि छिन्,’ स्रोत भन्छ ।

स्रोत यो पनि दाबी गर्छ कि दुवैका प्रशस्तै म्युचुअल फ्रेन्ड्स पनि छन् । उनीहरु अहिले राम्रा साथी रहेको र घुमघाम पनि गर्दैछन् । यी दुईको रोमान्सबारे विशेष केही छैन, तर यी दुई हलिउडका ए–लिस्टर सेलिब्रिटी चाहिं पक्कै हुन् ।

गिगीकी एक्स ब्वाइफ्रेन्ड मलिकबाट तर्फबाट एक छोरी समेत छिन् । गत वर्ष गिगीकी आमाले मलिकलाई उत्पीडनको आरोप लगाएपछि ब्रेकअप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?