+
+

रशिलाले स्वीट्जरल्याण्डमा जितिन् अल्ट्रा म्याराथन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते ११:३३

१९ भदौ, काठमाडौं । नेपालकी रशिला तामाङले स्वीटजरल्यान्डमा सम्पन्न अल्ट्रा टुर मोन्टे रोसा (यूटीएमआर) को १०० किलोमिटर अल्ट्रा दौडमा उपाधि जितेकी छन् ।

स्वीटजरल्याण्डको ग्राचेनमा सम्पन्न मिसाबेल १०० किटोमिटरमा रशिलाले निर्धारित दूरी १८ घण्टा ५८ मिनेट २८ सेकेण्डमा पूरा गरिन् ।

नेपालकै अनिता राई २० घण्टा २४ मिनेट १० सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् । उनी दोस्रो भएकी चेक रिपब्लिककी मिसेला मेर्टोभाभन्दा जम्मा ८ सेकेन्डले पछि परिन् । मेर्टोभाले २० घन्टा २४ मिनेट १० सेकेन्डमा पूरा  गरिन् ।

यस्तै पुरुषतर्फ नेपालका भीम गुरुङ दोस्रो भए । भिमले निर्धारित दुरी १६ घण्टा २९ मिनेट ३९ सेकेण्डमा पूरा गरे । स्वीट्जरल्याण्डका दानियल बेर्च्टोल्डले १५ घण्टा ३९ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै पहिलो भए ।

नेपालबाट तीन धावकले सहभागिता जनाएकोमा तीनै जना शीर्ष तीनमा रहन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?