+
+

साढे ५ करोड आयकर र भ्याट छलीको आरोपमा ३ व्यवसायी विरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १७:३२

१९ भदौ, काठमाडौं । राजश्व अनुसन्धान विभागले आयकर र भ्याट छलीको आरोपमा तीन जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ ।

काठमाडौंको बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालकहरु बिरुद्ध विभागले ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ मूल्य अभिबृद्धि र आयकर छलीको आरोप लगाउँदै शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

ट्रेडर्सका सञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवालले मूल्य अभिबृद्धितर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ छलीको आरोप लगाएको छ ।

मूल्य अभिबृद्धि र आयकर छल्नका लागि फर्मले नक्कली बिल बिजक जारी गरेको विभागको दाबी छ । आरोपितहरुसंग सत प्रशित जरीवाना सहित विगो रकम १० करोड ९३ लाख २ हजार ६७६ र हदैसम्मको कैद सजाय माग गरिएको विभागको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?