+
+

असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने

असोदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १४:१४

१९ भदौ, काठमाडौं । असोदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । आगामी २४ र ३१ भदौको शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताए ।

आइतबार बसेको नेप्से सञ्चालक समितिको बैंठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको उनले बताए ।

सरकारले २०७९ जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठभर शुक्रबार नेप्सेमा पुरै समय सेयर कारोबार भएको थियो । तर, असार लागेसँगै सरकारले आइतबारको बिदा हटाएसँगै नेप्सेमा आइतबार पुरै समय र शुक्रबार पनि २ घण्टा कारोबार गर्ने निर्णय गर्दै सोही अनुसार कार्यन्वयनमा गर्‍यो । तर, तीन महिना नपुग्दै शुक्रबार सेयर कारोबार गर्ने निर्णयबाट नेप्से पछि हटेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले भदौदेखि नै शुक्रबारको कारोबार हटाउने भन्दै बोर्डमा प्रस्ताव लगेको भएपनि नेप्सेको अध्यक्ष रहेका अर्थमन्त्रालयको सहसचिव चक्रप्रसाद बुढाले शुक्रबार कारोबार किन सुरु गरेको र बन्द गर्नुपर्ने औचित्य के भन्दै प्रश्न गरेका थिए । नेप्सेका सीईओले जवाफ दिन नसकेपछि यसअघिको बोर्ड बैंठकबाट निर्णय हुन सकेको थिएन ।

नेप्सेका अधिकारीहरु भने धितोपत्र बोर्डको हुकुमी शैलीले समस्या भएको बताउँछन् । शुक्रबार कारोबार सुरु गर्दा पनि बोर्डकै निर्देशन रहेको र अहिले हटाउन पनि बोर्डको भूमिका रहेको नेप्सेका अधिकारीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?