+
+

०.३४ प्रतिशतले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ७ करोडमा सीमित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १५:२५

१९ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको सुधार भएको छ । आइतबार बजार परिसूचक नेप्से ६.६८ अंक (०.३४ प्रतिशत) ले वृद्धि भएर १९७७.३० अंकमा बन्द भएको छ ।

नेप्सेमा सुधार हुँदा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन अन्य र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा सुधार भएको छ ।

नेप्से सुधारोन्मुख भएपनि कारोबार रकम भने १ अर्ब ७ करोडमा सीमित भएको छ । गत शुक्रबार दुई घण्टाको लागि मात्रै सञ्चालन हुँदा करिब ७० करोड र बिहीबार १ अर्ब ३८ करोडको कारोबार भएको थियो ।

तर, आइतबार नेप्सेमा २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ८ करोड ९१ लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ६ करोड ५३ लाख ३७ हजारको कारोबार र नबिल बैंकको ६ करोड ३० लाख ५० हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा १८९ कम्पनीको सेयर किनबेच भएकोमा ४१ कम्पनीको सेयर मूल्य घटेको छ । १३३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १५ कमपनीको भने स्थिर छ । आइतबार कारोबार भएकामध्ये रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.१८ प्रतिशत र जोशी हाइड्रोपावरको ८.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यता सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य २.८६ प्रतिशतले गिरावट हुँदा सोल्टी होटलको सेयर मूल्य १.९१ प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य १.८६ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?