+
+

कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १८:०७

१९ भदौ, धनगढी । कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–७ को शान्तिपुर बस्ने २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षिया मन्तरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लाग्दा घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?