+
+

एमालेले मदन भण्डारी र माओवादीले जनयुद्धको जडता छोड्नुपर्छ : भूसाल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १९:०१

१९ भदौ, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले आफ्नो पार्टीले मदन भण्डारी र नेकपा माओवादीले जनयुद्धको जडता छोड्नुपर्ने बताएका छन् ।

आइतबार आयोजित विचार गोष्ठीमा भूसालले एमालेमा मदन भण्डारीका नाममा ठूलो जडता रहेको समेत टिप्पणी गरे ।

‘नेकपा एमाले भनिएकोमा पनि ठूलो जडता छ’ उनले भने, ‘मदन भण्डारीले सबै गरिसक्नुभयो हामीले केही गर्नुपर्दैन भन्ने जडता छ ।’

भूसालले भण्डारीलाई सुद बनाउने प्रयास भएको भन्दै अगाडि भने, ‘मदन भण्डारीलाई हामीले विकास गर्न छाडिसकेका छौं । मदन भण्डारीलाई सुद बनाउने अनि कुद खाएर बस्ने, विचार, सिद्धान्तको केही कुरा छैन ।’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित कार्यक्रममा भूसालले भने, ‘यो जडताबाट एमाले निस्कनुपर्‍यो । माओवादीले पनि जनयुद्धको धङधङी छोड्नुपर्‍यो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?