+
+

देउवासँग चुनाव लड्न एमालेमा बोहोरा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १५:२३

२१ भदौ, काठमाडौं । नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट लड्ने तयारीमा छन् । यदि एमालेबाट बोहोरोले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।

एमालेमा उम्मेदवार सिफारिस भएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज हुन् । प्रदशेसभा (क)तर्फ चक्रप्रसाद स्नेही र (ख)तर्फ गजेन्द्रबहादुर शाहीको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?