+
+

संघीय शिक्षा ऐन संशोधन विधेयक अगाडि बढाउने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १९:५५

२१ भदौ, काठमाडौं । लामो समयदेखि थाती रहेको संघीय शिक्षा ऐन संशोधन विधेयकलाई सरकारले अगाडि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपषिदको बैठकले विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले विधेयकलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेका छन् । ‘संघीय शिक्षा ऐन संशोधन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास भएको छ,’ उनले फेसबुकमा लखेको छन्, ‘यो विधेयकलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

ऐन ल्याउन नसक्दा शिक्षक, कर्मचारी, निजी विद्यालय, विश्वविद्यालय, प्राविधिक शिक्षा, विश्वविद्यालय, शिक्षक सेवा आयोगलगायतका निकाय लामो समयदेखि समस्याबाट गुज्रिरहेका थिए। गिरिराजमणि पोखरेलको पालामा संघीय शिक्षा ऐनको मस्यौदा तयार भएको थियो। तर विधयेक अगाडि बढाइएको थिएन।

संविधानले शिक्षालाई मौलिक हकमा समावेश गरेको छ। संविधान जारी भएको ६ वर्ष भए पनि संघीय शिक्षा ऐन आउन नसक्दा शिक्षासम्बन्धी निकाय पुरानै संरचनामा चलिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?