+
+

एक महिनामै बीमा कम्पनीले संकलन गरे साढे १९ अर्ब बीमा शुल्क

जीवनमा नेपाल लाइफ र निर्जीवनमा राष्ट्रिय बीमा कम्पनी अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १५:४०

२२ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बीमा कम्पनीहरुले १९ अर्ब ५३ करोड २९ लाख १३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा बीमा कम्पनीहरुको बीमा शुल्क २४.१० प्रतिशतले बढेको हो ।

साउन महिनामा संकलन भएको कुल बीमा शुल्कमध्ये जीवन बीमा कम्पनीको १५ अर्ब ५ करोड ७४ लाख २६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये २ अर्ब २० करोड ३३ लाख ८५ हजार प्रथम बीमा शुल्क र १२ अर्ब ८५ करोड ४० लाख ४० हजार रुपैयाँ नवीकरण बीमा शुल्क रहेको बीमा समितिले जनाएको छ ।

यस अवधिमा ७ लाख १० हजार ३४ बीमालेख जारी हुँदा २०७९ साउनसम्म सक्रिय बीमालेखको संख्या १ करोड ३० लाख ८९ हजार ४८६ रहेको छ ।

साउन महिनामा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले ४७ करोड १३ लाख ९९ हजार प्रथम बीमा शुल्क र ४ अर्ब ३० करोड २२ लाख ९२ हजार नवीकरण बीमा शुल्क गरी कुल ४ अर्ब ७७ करोड ३६ लाख ९१ हजार बीमा शुल्क संकलन गरेको छ । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ११ करोड ३१ लाख ८२ हजार प्रथम बीमा शुल्क र १ अर्ब ७७ करोड १७ लाख ४६ हजार नवीकरण बीमा शुल्क गरी कुल १ अर्ब ८८ करोड ४९ लाख ८ हजार बीमा शुल्क संकलन गरेको छ ।

प्रथम बीामा शुल्क संकलन गर्नेमा दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २९ करोड ८८ लाख १७ हजार प्रथम बीमा शुल्क र १ अर्ब ३१ करोड ६७ लाख ५३ हजार नवीकरण गरी कुल १ अर्ब ६१ करोड ५५ लाख ७० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै २०७९ साउनमा निर्जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड ५४ लाख८७ हजार बीमा शुल्क संकलन गरेका छन् । कुल २ लाख २१ हजार ६४२ बीमालेखा जारी गर्दा उक्त बीमा शुल्क संकलन गरेको बीमा समितिले जनाएको छ । साउनमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले कुल ८४ करोड २८ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै शिखर इन्स्योरेन्सले ३५ करोड ५२ लाख ४१ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३३ करोड १९ लाख ८८ करोड र सगरमाथा इन्स्योरेन्सले ३२ करोड ६२ लाख ४९ हजार बीमा शुल्क संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?