+
+

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि घोषणा गरे आन्दोलनका कार्यक्रम

५औं पटक आन्दोलनको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १६:४७

२२ भदौ, काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए ।

‘तत्काल ढुवानी भाडा वृद्धिको निर्णय नगरिए आन्तरिक तथा वाहृय दुवै प्रकारको पेट्रोलियम ढुवानी २५ गतेबाट रोक्ने निर्णय गरेका छौं,’ अध्यक्ष बोहोराले भने, ‘हामीसँग भएका सबैखाले माग र सहमति कार्यन्वनयन नभएपछि वाहृय भएर आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं । यो निर्णायक आन्दोलन हो ।’

महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने अध्यक्ष बोहोराले बताए ।

ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ । निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको अध्यक्ष बोहोराले आरोप लगाए । महासंघले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।

इन्धन ढुवानीका लागि महासंघसँग करिब १९ सय ट्यांकरहरु सञ्चालनमा छन् । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाईन गत वर्षदेखि सञ्चालन आएपछि आधाजति ढुवानीका ट्यांकर बिजनेस नपाएर थन्किएका छन् ।

एक वर्षपछि पेट्रोल पनि पाइपलाइनबाटै ढुवानी हुने भएपछि इन्धन ढुवानीमा ट्यांकर विस्थापित हुने अवस्था सिर्जना हुँदैछ । तर, ढुवानी विकल्प तयार भएपछि पनि निगमले ट्यांकरसंगको करार भंग नगरी भाडा वृद्धि गर्न पटक पटक समझदारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?