+
+

संस्कृत विश्वविद्यालयमा फेरि तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १२:३५

२३ भदौ, दाङ । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा फेरि ताला लागेको छ ।

ताला खुलेको महिनादिन नपुग्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधवार पुन: ताला लागेको हो । विश्वविद्यालयको आयुर्वेद संकाय तर्फ ९ औं ब्याजमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएका छन् । तालाबन्दी गर्नुका साथै उनीहरुले विश्वविद्यालयमा तोडफोड समेत गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरुले उपप्रध्यापक नियुक्ति, केन्द्रीय आयुर्वेद विद्यापिठमा ओपीडीसहितको अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने, इन्टर्नसिपका लागि क्याम्पसले गरेको सम्झौता अनुरुप भत्ताको व्यवस्था गर्नुपर्ने लगायत २१ वटा माग राखेका छन् ।

यसअघि पनि विश्वविद्यालय लामो समय तालाबन्दीको मारमा परेको थियो । नेविसंघले विश्वविद्यालयमा उपप्रध्यापक नियुक्ति लगायतको माग राख्दै १०० दिन तालाबन्दी गरेको थियो । वैशाख १९ गतेदेखि लगाएको ताला उच्च अदालतको अन्तरिम आदेशपछि मात्र नेविसंघले साउन २५ गते ताला खोलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?