+
+

‘राजनीति’ भएको भन्दै जाँच समितिका सदस्यले गरे फिल्म सेन्सर बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १५:०७

काठमाडौं । फिल्मको सेन्सरमा ‘राजनीति’ भएको भन्दै चलचित्र जाँच समितिका सदस्यले नै सेन्सर प्रक्रियालाई बहिष्कार गरेका छन् । सेन्सरमा विदेशी फिल्मलाई प्राथमिकतामा राखिएको र नेपाली फिल्मलाई विभेद गरिएको भन्दै सदस्य सन्तोषकुमार थापाले बहिष्कारको निर्णय गरेका हुन् ।

नेपाली फिल्म सेन्सर बोर्डको इतिहासमा बहिष्कारको यस्तो पहिलो घटना भएको हो । ‘फिल्म सेन्सरको एक दिनअघि नै सेन्सरको सूचना आउनुपर्ने हो, तर आजको आजै सेन्सरमा आऊ भन्नु उचित होइन । मैले आउँदिन भन्दिएँ,’ थापाले अनलाइनखबरसँग भने ।

विदेशी फिल्मलाई मनपरी ढंगले जुनसुकै समयमा पनि सेन्सर गर्ने र सेन्सरको कारण देखाउँदै नेपाली फिल्मको बुकिङ नखोल्ने निर्णय चित्त नबुझेकाले बहिष्कार गर्ने निर्णय गरेको थापाले बताए ।

बिहीबार मात्रै बलिउड फिल्म ब्रह्मास्त्रसहित दुई नेपाली फिल्मको सेन्सर तालिका छ । शुक्रबार बिहान दक्षिण भारतीय फिल्म सीताराममको सेन्सर तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?