+
+

साफ यू-१७ च्याम्पियनसिप : नेपाल र भारत आज खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते ११:४५

२४ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले समूहको आफ्नो अन्तिम खेलमा भारतसँग खेल्दैछ ।

समूह ‘बी’ मा नेपाल र भारत दुवैले यसअघि भुटानलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । दुबैले समान ३ अंक जोडेका छन् ।

त्यसैले नेपाल र भारतबीचको खेलले समूह विजेता र समूह उपविजेताको छिनोफानो गर्नेछ ।

भारतले पहिलो खेलमा भुटानलाई ३-० ले हराएको थियो । नेपालले भुटानलाई २-१ ले पराजित गरेको थियो ।

नेपाल र भारतबीचको खेल कोलम्बोस्थित रेस कोर्स मैदानमा नेपाली समय अनुसार साढे ३ बजे सुरु हुनेछ ।

नेपालले भारतलाई पराजित गरेमा समूह विजेता बन्नेछ । पराजित भएमा समूह उपविजेता बन्नेछ । नेपाल र भारतबीचको पराजित हुने टोलीले सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ ।
बंगलादेशले यसअघि समूह ‘ए’ मा दुवै खेल जितेर समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

समूह ‘ए’ अन्तर्गत सेमिफाइनल पुग्नका लागि श्रीलंका र माल्दिभ्सबीचको खेल आजै हुँदैछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?