+
+

क्रिकेटलाई वर्षा बाधक : मुलपानीको खेल रद्द, त्रिविको खेल बीचमै रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १२:५४

२४ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट बिहीबारदेखि काठमाडौंमा सुरु भयो । नवौं राष्ट्रिय असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने तय भएपनि नेपाल टी२० लिगसँग मिति जुधेकाले पुरुष क्रिकेट एक महिनाभन्दा अघि नै काठमाडौंमा गरिएको हो ।

तर निरन्तरको वर्षाले गर्दा क्रिकेट खेल भने प्रभावित बनेको छ । पहिलो दिनमै तय गरिएका चारमध्ये तीन खेल हुन सकेनन् । एक खेल पनि ६–६ ओभरमा घटाएर खेलाइएको थियो ।

शुक्रबार पनि उस्तै समस्या देखियो । नेपाल पुलिस र मधेश प्रदेशबीच तय भएको खेल पहिलो टस नै नभई रद्द भएको छ । वर्षाका कारण मुलपानीमा मैदानमा पानी जमेपछि खेल रद्द गरिएको हो ।

मधेश प्रदेशको लगातार दोस्रो खेल वर्षाका कारण रद्ध भएको हो । यसअघि बिहीबार मधेश प्रदेश र गण्डकी प्रदेशबीचको खेल पनि रद्द भएको थियो ।

यस्तै त्रिवि मैदान पनि भिजेकाले बिहानको खेल ढिला सुरु भयो । एपीएफ र एनआरएनएबीचको खेलको टस पनि ढिला भएको थियो ।

एनआरएनएले टस जितेर ब्याटिङ गरेको थियो । तर एनआरएनएले १३.३ ओभरमा २ विकेट गुमाएर १२० रन बनाउँदा फेरि वर्षा बाधक बन्यो । एनएआरएनएका कप्तान सुनाम गौतम ४५ र पृथु बास्कोटा २६ रनमा खेलिरहेका थिए । तर खेलको नतिजा आउन सकेन र दुवै टिमले अंक बाँडे ।

एनआरएनएले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएर विजयी सुरुवात गरेको थियो । समूह ‘बी’ मा दुई खेलपछि एनआरएनए ३ अंकसहित शीर्ष स्थानमा छ । एपीएफको १ अंक छ ।

शुक्रबारै त्रिवि मैदानमा सुदूरपश्चिम र बागमती प्रदेश तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच खेल हुने तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?