+
+

चितवन पुगेर देउवाले भने : गठबन्धनविरुद्ध नबोल्नू

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १७:३०

२४ भदौ, चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले गठबन्धनविरुद्ध नबोल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

शुक्रबार चितवनमा आयोजिथ कार्यक्रममा देउवाले भनेका छन्,‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ ? यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’

गठबन्धनमा पार्टीलाई बढीभन्दा बढी फाइदा लिने प्रयासमा आफूहरु रहेको उनले बताए । गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन ।’

गठबन्धन भएर सरकार बनेकै कारण एमालेको एकलौटी अन्त्य भएको उनेल बताए । तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले भनेका छन्, ‘कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।’

एमसीसी पास गर्ने बेला कतिपयले अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएको उनले बताए । प्रधानमन्त्री देउवाले भने, ‘अहिले विदेशी सेना आएको छ त ? खै विदेशी सेना ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ? झुटा प्रचार गरेर हाम्रो पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ ।’

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेको बताए । कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने धारणा राखेका थिए ।

(राससको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?