+
+

राष्ट्रिय खेलकुदको क्रिकेटमा वर्षा बाधक, आठै टिमले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते २०:०६

२४ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगिताको शुक्रबार ४ खेलमा प्रतिस्पर्धा गर्ने टिमले अंक बाँडेका छन् ।

शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा एनआरएनए र एपीएफ क्लब तथा  बागमती र सुदूरपश्चिम प्रदेशबीच खेल हुने तालिका थियो ।

मूलपानी क्रिकेट मैदानमा नेपाल प्रहरी र मधेश प्रदेश तथा नेपाल आर्मी र कर्णालीबीच खेल हुनु पर्ने थियो । त्यस मध्ये एनआरएनए र एपीएफबीचको खेल बाहेक कुनै पनि खेल वर्षाका कारण सुरु नै हुन सकेन ।

निर्धारित २० ओभरलाई १९ ओभरमा छोट्याएको एनआरएनए र एपीएफबीचको खेलमा पहिले ब्याटिङ गरेको एनआरएनएले १३.३ ओभरमा २ विकेट क्षतिमा १२० रन बनाउदै गर्दा वर्षाका कारण खेल रोकिएपछि फेरि खेल सुरु हुन सकेन । उक्त २ टिमका साथै अन्य टिमले पनि समान १–१ अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?