+
+

दीगो पर्यटन विकासका लागि पर्यटन दशक आवश्यक : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १७:१०
जीवनराम श्रेष्ठ/फाइल तस्वीर

२६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासका लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताएका छन् ।

पर्यटन दशक २०२३–२०३२ को अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आइतबार आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन नै नेपालको आर्थिक विकासिको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न यो अवधारणा अघि सारिएको बताए ।

उनले पर्यटन विकासका लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजीकरणको काम गर्न बताउँदै यसको समग्र विकासका लागि भने निजी क्षेत्र अग्रसर हुनु पर्ने धारणा राखे । उनले नेपाललाई युरोपियन युनियनको कालो सूचीबाट हटाउन मन्त्रालयले पहल गरिरहेको र यसबारे छिट्टै सकारात्मक नतिजा आउनेमा आफू आशावादी रहेको समेत बताए ।

कार्यक्रममा पर्यटन दशकको अवधारणा पत्र प्रस्तुत गर्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालले दीगो रुपमा विदेशी मुद्राआर्जन गर्न सक्ने क्षेत्र पर्यटन भएकोले यसबाट लाभ लिन यो अवधारणा अगाढि बढाइएको जानकारी दिए । उनले सन् २०३२ सम्म ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको जानकारी दिए ।

पर्यटन क्षेत्रका छाता संस्था,वरिष्ठ पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधीहरुले पर्यटन दशकको अवधारणा सकारात्मक रहेको तर सफलताको लागि यसको कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?