+
+

नवौँ राष्ट्रिय खेलकुद : स्पीनर चम्कँदा पुलिसको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १९:१४

२६ भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । स्पीनरहरुको उत्कृष्ट बलिङ अनी कुशल भुर्तेल र सुनिल धमलाको ब्याटिङमा पुलिसले सहज जित निकालेको हो ।

प्रतियोगितामा पुलिसको यो पहिलो जित हो । वर्षा बाधक बन्दा पुलिसको यसअघि मधेश प्रदेशसँग खेल रद्द भएको थियो । कर्णालीले दिएको ८६ रनको लक्ष्य पुलिसले १०.४ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो ।

पुलिसका लागि सुनिल धमलाले २४ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए । जितका लागि ५ रन आवश्यक हुँदा आउट भएका धमलाले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरे ।

भुर्तेलले ४० बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा अविजित ३९ रन बनाए । पवन सर्राफ १ रनमा अविजित रहे । कर्णालीका प्रकाश जैशीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली पुलिसका स्पीनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १९.३ ओभरमा ८५ रनमा अलआउट भएको थियो । कर्णालीका लागि ओपनर तथा कप्तान रविन्द्र शाहीले सर्वाधिक २७ र विपिन रावललले १७ रन बनाए ।

यो जोडीले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । दशौँ ओभरमा पुलिसका ललित राजवंशीले विपिनलाई आउट गर्दै साझेदारी तोडे । त्यसपछि पुलिसले लगातार विकेट लिँदा कर्णाली सम्हालिन सकेन । रविन्द्रले एक छेउबाट इनिङ्स सम्हालेपनि अर्को छेउबाट निरन्तर विकेट गयो । रविन्द्र र विपिन बाहेक कर्णालीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पु

लिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए । टप अर्डरलाई ध्वस्त पार्ने क्रममा राजवंशीले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट लिए । दीपेन्द्रले ३.३ ओभरमा १७ रन खर्चेर अन्तिम ३ विकेट लिए । सागर ढकालले ४ ओभरमा १३ रन मात्र खर्चेर २ विकेट लिए भने कप्तान मन्जित श्रेष्ठले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।

प्रतियोगिताको चौथो दिन त्रिवि मैदानमा तय भएका दुवै खेल सम्पन्न हुँदा मुलपानी मैदानमा तय भएको दुवै खेल रद्द भए । त्रिविमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १२ रनले हरायो ।

मुलपानी मैदानमा बागमती प्रदेश र एनआरएनए एकेडेमी तथा गण्डकी प्रदेश र लुम्बनी प्रदेशबीचको खेल भने मैदान भिजेकोले हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?