२७ भदौ, काठमाडौं । १९ वर्षीय स्पानिस टेनिस खेलाडी कार्लोस अल्काराजले वर्षको अन्तिम ग्राण्ड्सलाम युएस ओपनको उपाधि जितेका छन् ।
आइतबार राति न्युरोर्कस्थित फ्लोसिङ मिडोजमा भएको पुरुषतर्फको फाइनलमा अल्कारेजले नर्वेका कास्पर रुडलाई ३-१ सेटमा हराउँदै करियरको पहिलो पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन् । अल्कारेजले रुडलाई ६-४,२-६,७-६ (७-१),६-३ ले हराए ।
युएस ओपन जितेसँगै अल्कारेज भविष्यको ग्राण्ड्सलाम च्याम्पियन र विश्व नम्बर वान खेलाडीको रुपमा आफूलाई अघि सारेका छन् ।
अल्कारेज सन् २००५ मा स्पेनकै राफायल नाडालले फ्रेन्च ओपन जितेयता ग्राण्ड्सलाम उपाधि जित्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् ।
अल्कारेजले अब एटिपी वरीयतामा रुसी डानिएल मेदभेदेभलाई पछि पार्दै नम्बर एकमा उक्लनेछन् । उनी एटिपीको ४९ वर्षीय इतिहासमा शीर्ष स्थानमा पुग्ने पहिलो टिनएज खेलाडी हुनेछन् ।
नर्वेका २३ वर्षीय रुडले अल्कारेजलाई पराजित गरेको भए उनी विश्व नम्बर एक बन्ने थिए । तर लगातार दुई मुख्य फाइनलमा पराजित भएपछि उनले त्यो मौका गुमाए ।
प्रतिक्रिया 4