+
+

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, सहमति जुट्ने सम्भावना कम

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १६:५९
फाइल तस्वीर ।

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको म्याराथन बैठक चलिरहेको छ ।

सिट बाँडफाँटबारे सहमति खोज्न बालुवाटारमा जम्मा भएका नेताहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल चलिरहेको सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठक स्थलबाट बाहिरिएका उनले भने, ‘दलहरुको आआफ्नो अडान छ, तर सबैले लचिलो हुनुको विकल्प छैन ।’

उनका अनुसार एउटै निर्वाचन क्षेत्रमा एकभन्दा बढी दलको दाबी भएकाले आजै सहमति जुट्ने सम्भावना कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?