+
+

ललित र कुशल चम्किँदा पुलिसको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १७:२४

२७ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले लगातार दोश्रो खेल जितेको छ ।

त्यसक्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनको फराकिलो अन्तरले हराएको छ ।

पुलिसले दिएको २०५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२८ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि वसिर अहमदले सर्वाधिक ४६ रन सहित अविजित रहे ।

ओपनर देव खनाल ६ रनमा दिलिप नाथको हातकबाट क्याच आउट भए । अर्का ओपनर प्रज्वल थापा १० रनमा एनबीडब्ल्यु आउट भएपछि लुम्बिनीको गतिमा ब्रेक लागेको थियो ।

पाँचौं नम्बरका ब्याटर सौरभ खनाल २४ र दिपेन्द्र रावत १३ रनमा अविजित रहे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका स्पिनर ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झा र करण केसीले समान २/२ विकेट लिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको हो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले ३६ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनको विष्फोटक इनिङ खेले । त्यस्तै पाचौं नम्बरका ब्याटर आरिफ शेख २२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहेका थिए ।

अर्का ओपनर सुनिल धमला १३ औं ओभरको पाँचौं बलमा एज लागेर ३५ रनमा कृष्ण कार्कीबाट क्याच आउट भएका हुन् । अन्य खेलाडीमा दिलिप नाथ ३३ रन र दपेन्द्र सिंह ऐरी ३ रनमा आउट भएका हुन् । लुम्बिनीका लागि वसिर अहमद, अनिल खरेल, दिपेन्द्र रावत र विशाल विक्रम केसीले समान १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?