+
+

६ असोजदेखि नाडा ईभी एक्स्पो आयोजना हुने 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १७:४९

२७ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ६ असोजदेखि नाडा ईभी एस्क्पो २०२२  आयोजना हुने भएको छ ।

नेपालमा विद्युतीय सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सेवाको प्रदर्शन गर्ने उदेश्यका साथ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एक्स्पो आयोजना गर्ने लागेको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नाडाले ‘यूएयसएआडी क्लीि एयर’ले नलेज पार्टनरका रुपमा ईभी चौतारी नामक तीन दिने सूचना मुलक गोष्ठी समेत सञ्चालन गर्ने जनाएको छ ।

वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको छ ।

वातावरण मैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दे आयोजना गर्न लागिइएको प्रदर्शनीमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पूर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता रहनेछ ।

यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समष्टिगत प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने आयोजकले विश्वास लिएको छ ।

एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्री पछिका सेवा एवं इन्स्योरेन्सका छुट्टा छुट्टै स्टलहरु रहने छन् । एक्स्पोमा वारुण सुरक्षा एवं नियन्त्रणका लागि फायर सेफ्टी सर्पोटका रुपमा हिटको प्रालि रहेको छ । आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन सोमबारदेखि खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजकको भनाइ छ ।

सोमबारदेखि ५ असोजसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत पाउनुका साथै प्रत्येक टिकट खरिदमा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । ४ दिनसम्म चल्ने उक्त नाडा ईभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?