+
+

एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली-जङ उत्कृष्ट अभिनेता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १३:१३

काठमाडौं । विश्व टेलिभिजन र ओटीटीतर्फको सर्वोच्च अवार्ड मानिने एमी २०२२ मा दुई इतिहास रचिएका छन् ।

एचबीओ टेलिभिजनको सिरिज ‘युफोरिया’बाट जेन्डायाले पनि दुई इतिहास रचिन् । पहिलो- अभिनेत्री विधामा जित हासिल गर्ने अहिलेसम्मकै कान्छी एक्ट्रेस र दोस्रो- अभिनेत्री विधामा जित हासिल गर्ने पहिलो अश्वेत अभिनेत्री ।

ड्रामा सिरिज विधातर्फ नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ अभिनेता ली-जङ जेले उत्कृष्ट अभिनेताको अवार्ड जिते । दक्षिण कोरियाली अभिनेताको यो पहिलो एमी मनोनयन र जित थियो ।

नेपाली समयानुसार सोमबार बिहान भएको अवार्ड समारोहमा सक्सेसन, टेड ल्यासो र द ह्वाइट लोटसले प्रमुख अवार्डहरुमा जित हासिल गरे । २५ विधामा एमी बाँडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?