+
+

सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति जुटाउन प्रचण्ड संसदीय समितिमा उपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १०:५९
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । फाइल तस्वीर

२९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा छलफल जारी छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित छन् ।

समितिबाट यो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेश गर्ने सरकार र सत्तारुढ दलहरुको तयारी छ । यही विधेयक कुर्न प्रतिनिधि सभाको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।

तर केही प्रावधानमा दलहरुबीच सहमति जुट्न सकेको छैन । विधेयकमा एमालेले द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उलंघनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान लिएको छ । एमालेको अडानमा निकास खोज्न हत्याको प्रकृतिलाई वर्गीकरण गर्ने प्रस्ताव पनि कतिपयले राखेका छन् ।

यही मध्यमार्गी प्रस्तावउपरको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी भएका हुन् ।

प्रचण्ड संसदीय समितिको बैठकमा कम उपस्थित हुने नेतामध्ये पर्छन् । कानुन समितिको बैठकमा प्रचण्ड उपस्थित भएको पहिलोपटक हो । उनी हाल यो समितिका सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?