+
+

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने : पूर्वाधारमा लगानी गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १३:११

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताएका हुन् ।

‘मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ । नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्ने सकिने छ’ उनले भने ।

दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक पर्ने भन्दै देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोग चाहिने धारणा राखे ।

प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक उन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताए । सरकार १५ औं पञ्चवर्षीय योजना अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको भन्दै उनले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने नीति रहेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?