+
+

भेरी घटना सम्झाउने फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १६:४०

काठमाडौं । अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।

देवेन्द्र पाण्डे निर्देशित फिल्मले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् ।

ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ । उक्त घटनामा आठजना भेरी नदीमा बेपत्ता भएका थिए । भेरी नगरपालिका-४ का नवराज विक मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न जाजरकोटको भेरी नगरपालिका-४ मा १९ जनाको समूह लिएर गएका थिए ।

त्यसबेला केटी लाने पक्ष र केटाको पक्षबीच झडप भएको थियो । भाग्ने क्रममा नदीमा हामफालेका नवराजको शव नदीको बीचमा भेटिएको थियो । यही कथावस्तुबाट प्रभावित फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ ।

सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा मोहन निरौला, उत्तम केसी, सुरु सुनुवार लगायतको अभिनय छ । ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको जनाइएको छ ।

ट्रेलर सार्वजनिक भए पनि प्रदर्शन मिति घोषणा भएको छैन । चाँडै रिलिज हुने उल्लेख छ । नेपालअघि फिल्मलाई विदेशमा प्रदर्शन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?