+
+

विदेशी लगानी आकर्षण गर्न लगानी बोर्डको भूमिका सकारात्मक :  प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १७:५७

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानी आकर्षण र सहजीकरणका लागि लगानी बोर्डले परिपक्व भूमिका निर्वाह गरेको बताएका छन् ।

बुधबार लगानी बोर्डले आयोजना गरेको दीगो पूर्वधार लगानी फोरमको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले विदेशी लगानी आकर्षण गर्न बोर्डले सकारात्मक भूमिका खेलेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताए । यो उद्देश्य प्राप्तिका लागि विकास साझेदारहरूलाई सहयोग बढाउन प्रधानमन्त्री देउवाले आह्वान पनि गरे ।

कार्यक्रममा प्रधानमन्त्रीले बोर्डले सञ्चालनमा ल्याएको डिजिटल एकल बिन्दु सेवाको पनि उद्घाटन गरे ।

प्रधानमन्त्री देउवाले लगानी बोर्डको परियोजना बैंक निर्देशिका पनि सार्वजनिक गरेका छन् । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानी योग्य परियोजनाहरूको संग्रहको सूची निर्दशिकामा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?