+
+

तानसेन बुटवल सडक एकतर्फी खुल्यो, सेरामा अझै अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १३:३४

३० भदौ,  पाल्पा । वर्षासँगै पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी खुलेको छ ।

सडक भिडिजन कार्यालयको पहलमा पहिरो हटाएर एकतर्फी सडक खुलाइएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ढुंगा पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको र दुईतफी सडक खुलाउने पहल भइरहेको छ ।

यस्तै सोही राजमार्गको बर्तुङ्ग राम्दी सडक खण्ड अन्तरगत रम्भा ३ को सेरामा भने हालसम्म पनि सडक अवरुद्ध छ ।

लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको र सडक सुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा पुनः सडक भासिएको छ । यसअघि पूर्ण रुपमा सडक भासिएर बनाइएको नयाँ डाइभर्सनन पनि केही भासिएको र निरन्तर पानी परेमा माथिबाट समेत पहिरो खस्ने जोखिम रहेको ट्राफिक प्रमुख मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?