+
+

भुटान एयरलाइन्सको काठमाडौं उडान १५ असोजदेखि

भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १४:१५

३० भदौ, काठमाडौं । भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ । यो रुटमा कोरोना भाइरस (कोभिड-१९) महामारीपछि उडान रोकिएको थियो ।

कम्पनीले यो रुटमा साताको दुई उडान गर्ने गरी उडान घोषणा गरेको छ । कम्पनीका अनुसार १ अक्टोबरदेखि ३० नोभेम्बरसम्मका लागि साताको दुई उडान गर्ने गरी तय भएको छ । जस अनुसार हरेक आइतबार र बुधबार काठमाडौं उडान हुने भएको छ ।

पारोबाट काठमाडौं आउने जहाज काठमाडौंबाट दिल्ली जाने छ । दिल्लीबाट काठमाडौं आउने सो जहाज काठमाडौंबाट पारो उड्ने गरी रुट तय भएको कम्पनीले जनाएको छ ।

नेपालमा पर्यटकीय सिजन नजिकिएसँगै भुटान एयरलाइन्सले काठमाडौं उडान विस्तार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?