+
+

ब्याजदर बढाउने बैंकर्स संघको निर्णयसँगै नेप्सेमा ५७ अंकको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १५:४८

३० भदौ, काठमाडौं । पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा बिहीबार भने उच्च गिरावट भएको छ । नेपाल बैंकर्स संघले बिहीबार ब्याजदरको ‘भद्र सहमति’ खारेज गरेर असोजमा निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै यसको प्रभाव सेयर बजारमा पनि परेको छ ।

बिहीबार बजार परिसूचक नेप्से ५७ अंक (२.८८ प्रतिशत) को गिरावट हुँदा १९२४.४८ अंकमा झरेको छ । सोमबार १९१२.७४ अंकमा झरेर बन्द भएको नेप्से मंगलबार २१.३० र बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो । तर, बिहीबार एकैदिन ५७ अंकको उच्च गिरावट भएको छ ।

बिहीबार बिहान बसेको बैंकर्स संघको बैंठकले ब्याजदर बढाउने निर्णय गरेसँगै असोजदेखि निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुग्दैछ भने कात्तिकदेखि आधार ब्याजदर (बेसरेट) अनुसार कर्जाको ब्याज पनि बढ्नेछ । ब्याजदर वृद्धि हुने भएपछि त्यसले लगानीकर्ता प्रभावित बन्दा बजारमा उच्च गिरावट भएको लगानीकर्ताहरु बताउँछन् ।

नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक ५.२४ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बढेको छ । मंगलबार १ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार १ अर्ब ४५ करोड पुगेको थियो । बिहीबार भने कारोबार रकम २ अर्ब नाघेको छ ।

बिहीबार नेप्सेमा ५९ लाख ४० हजार ५९६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १२ करोड ५६ लाख ५६ हजारको कारोबार भएको छ । जसमध्ये लक्ष्मी बैंकको सर्वाधिक २१ करोड ५० लाख ३३ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ११ करोड ६४ लाख ९० हजारको कारोबार भएको छ । त्यस्तै अपि पावरको ७ करोड ३५ लाख १६ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार हुँदा १८६ कम्पनीको सेयरमूल्य गिरावट हुँदा २ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । कारोबार भएकोमध्ये मिर्मिरे लघुवित्तको सेयर मूल्य ३.८० प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.४१ प्रतिशतले वृद्धि भएको छ ।

यता एनआईसी एसिया ब्यालेन्स फण्डको इकाइ मूल्य सर्वाधिक ८ प्रतिशतले गिरावट हुँदा समृद्धि फाइनान्सको सेयर मूल्य ७.३५ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?