+
+

यु.के पठाइदिन्छु भन्‍दै १३ लाख ठगेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १८:०६

३० भदौ, काठमाडौं । बेलायत (यु.के) पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-काडाँघारी बस्‍ने ४३ वर्षीय बालकृष्ण कार्की रहेका छन् ।

कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले काठमाडौंको धुम्बाराहीबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडित लमहु शेर्पालाई वर्किङ भिषामा बेलायत (यू.के) लगायतका देशहरुमा पठाइदिन्छु भन्‍दै १३ लाख ४६ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?