+
+

गोरखापत्रको फेसबुक पेज ह्‍याक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते २०:०८

३० भदौ, काठमाडौं । गोरखापत्रको फेसबुक पेज ह्‍याक भएको छ । सोमबारदेखि गोरखापत्रको फेसबुक पेज ह्‍याक भएको गोरखापत्रका निमित्त प्रधान सम्पादक शिव कुमार भट्टराईले जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘सोमबारदेखि गोरखापत्रको फेसबुक पेज एक्कासी ह्‍याक भयो। अहिले हामीले तीन दिनदेखि समाचार पोस्ट हुन पाएको छैन।’ यस विषयमा नेपाल प्रहरीको साइबर ब्‍यूरोमा उजुरी दिइसकेको र अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?