+
+

कांग्रेस कार्यालयमा समानुपातिक उम्मेदवार बन्न चाहनेहरुको भीड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १६:५५

३१ भदौ, काठमाडौं । राजनीतिक दलहरु प्रदेश र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको सूची बनाउन जुटेका छन् ।

नेपाली कांग्रेसले क्षेत्रबाट आएको सूचीको प्रारम्भिक अध्ययन गर्ने काम सहमहामन्त्रीहरुलाई दिएको छ । तर कांग्रेसको पार्टी कार्यालय, सानेपामा लबिइङका लागि पुग्ने नेता कार्यकर्ताको भीड लागेको छ ।

खासगरी महामन्त्री विश्वप्रकाश शर्मालाई भेटेर आफूलाई पनि समानुपातिकमा राख्न आग्रह गर्नेहरुको संख्या असाध्यै धेरै छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पनि भएकाले बालुवाटारमा छन् र, उनीसँग भेट सहज पनि छैन । अर्का महामन्त्री गगनकुमार थापा डेंगु भएर घरमै आराम गरिरहका छन् । त्यसैले अधिकांश आकांक्षी शर्माको कार्यकक्षमा पुग्ने गरेका छन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?