+
+

स्वतन्त्र सांसदले परिवर्तन ल्याउन सक्दैनन् : तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते १८:५९

१ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले चुनाव जितेपनि काम गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन् । उनले भने, ‘बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्थामा कतिपय आउनुहुन्छ स्वतन्त्र स्वभाविक हो । तर स्वतन्त्रले सरकार बनाउन–चलाउन सम्भव छैन ।’

कतिपय सेलिब्रेटी युवाहरुले पार्टी खोलेपनि एक ठाउँमा बस्नै नसकेको भन्दै उनले भने, ‘अहिले कोही कता, कोही कता ? इमान्दारीपूर्वक राजनीति गर्ने हो भने त्यो गाह्रै कुरा हो । पार्टी चलाउने पनि गाह्रो छ ।’

स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरुलाई काम गर्न पनि त्यति अप्ठ्यारो नभएको बताए । तर प्रदेश र केन्द्रमा सरकार बनाउनुपर्ने भन्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने, ‘एउटा सांसदले अलिकति चेतना जगाउन सक्छ । तर उसले आम रुपमा चेन्ज ल्याउन सक्दैन ।’

उनले अगाडि भनेका छन्, ‘म राष्ट्रिय सभा अध्यक्षले सकेको छैन । सांसदले कहाँ सक्नुहुन्छ ? एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिँदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ ।’ बरु दलमा आवद्ध हुन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?