+
+

एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बंगलादेशसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १०:२९

२ असोज, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट समूह बीअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ ।

अरदस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

समूहमा यसअघिको तीन वटै खेलमा पराजित भएको नेपाल सान्त्वना जितसहित बहराइन यात्रा सकाउने लक्ष्यमा छ ।

पाँच टिम सहभागी समूह बीमा नेपाल अंकविहीन हुँदै पुछारमा छ । एक जित एक बराबरी र एक हारबाट ४ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ ।

नेपाल यसअघि भुटानसँग २-० ले, कतारसँग ३-१ ले र बहराइनसँग ६-० ले पराजित भएको थियो ।

उता बंगलादेशको लागि भने नेपाल विरुद्धको खेल उत्कृष्ट उपविजेता बन्दै मुख्य प्रतियोगितामा छनोट हुनका लागि महत्वपूर्ण छ । बंगलादेशले नेपाललाई हराएमा त्यो सम्भावना बाँकी रहनेछ । तर बंगलादेश दोस्रो स्थानमा पुग्नका लागि शीर्ष स्थानको कतारले दोस्रो स्थानको बहराइनलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

बंगलादेशले पहिलो खेल बहराइनसँग गोलरहित बराबरी खेलेको थियो भने भुटानलाई २-१ ले हराएको थियो । कतारसँग भने बंगलादेश ३-० ले पराजित भएको थियो ।

कतार बहराइनबीचको खेल नेपाली समय अनुसार राती ११:४५ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?