+
+

दुई महिनामा पौने ६ अर्ब पूँजीगत खर्च

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १९:०५
फाइल तस्वीर

२ असोज, काठमाडौं । पूँजीगत खर्चमा चालु आर्थिक वर्षमा समेत सरकारको गति सुस्त देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ असोजसम्म ५ अर्ब ८६ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको १.५४ प्रतिशत मात्र हो ।

सरकारले यस वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्चको लक्ष्य लिएको छ । दुई महिना (साउन–भदौ)मा चालु खर्च १ खर्ब नाघेको छ । चालु खर्च १ खर्ब ९ अर्ब ४७ करोड रुपैयाँ भइसकेको छ । यो लक्ष्यको ७.५३ प्रतिशत हो ।

यस आवमा सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्चको लक्ष्य लिएको छ । वित्तीय व्यवस्थामा सरकारले १९ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । यो लक्ष्यको ८.५८ प्रतिशत हो । यस आवमा सरकारले २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गर्ने लक्ष्य राखेको छ ।

सरकारले यस आवमा कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । दुई महिनाको कुल बजेट खर्च १ खर्ब ३५ अर्ब ८ करोड रुपैयाँ भएको छ ।

राजस्व संकलन १ खर्ब ४३ अर्ब

दुई महिनामा राजस्व संकलन भने १ खर्ब ४३ अर्ब ८३ करोड रुपैयाँ संकलन भएको छ । यस वर्ष विलासिताका वस्तुको आयातमा लागेको रोकका कारण राजस्व संकलनमा प्रभाव परेको छ ।

गत आवमा दुई महिनामा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष कर राजस्व १ खर्ब ३० अर्ब र गैर कर राजस्व १३ अर्ब ११ करोड रुपैयाँ बराबरको भएको छ ।

अनुदानमा ७९ करोड रुपैयाँ प्राप्त भएको छ । अन्य प्राप्ति भने सरकारले १८ अर्ब ४३ करोड रुपैयाँ रहेको महालेखाको तथ्यांक छ । यो वर्ष सरकारले दुई महिनामा १०.२५ प्रतिशत राजस्व संकलन गर्न सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?