+
+

एमालेले तयार गर्‍यो समानुपातिकको बन्दसूची, निर्वाचन आयोगमा भोलि जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १८:१५

१२ असोज, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको नाम तयार पारेको हो ।

यी नाम सोमबार निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको नाम प्रस्ताव गरेको छ । जसमा आदिवासी जनजातिबाट ३२ जना, खस आर्यबाट ३४ जना रहेका छन् ।

जसमा महिला र पुरुषको संख्या बराबर रहेको छ । त्यस्तै थारु समुदायबाट ४ महिला र ३ पुरुष गरी ७ जना, दलितमा ८ महिला र ७ पुरुष गरी १५ जना, मधेसीमा ९ महिला र ८ पुरुष गरी १७ जना र मुस्लिममा ३ महिला र २ पुरुष गरी ५ जना रहेका छन् ।

समग्रमा ५७ जना महिल र ५३ जना पुरुषको नाम समानुपातिक सूचीमा रहने उपमहासचिव गुरुङले बताए । एमालेले सातवटै प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची पनि तयार गरेको छ ।

समानुपातिकमा यसअघि समानुपातिबाट सांसद बनेका, प्रत्यक्षमा उम्मृेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई पनि अवसर नदिएको गुरुङले बताए । ‘अरु पार्टीबाट आएकाहरुको हकमा भने अलि लचिलो भएका छौं’ उनले भने ।

हेर्नुस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?