+
+

‘भन कति माया गर्छौ मलाई’ गीत बेलायतबाट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १४:०१

काठमाडौँ । ‘भन कति माया गर्छौ मलाई’ बोलको गीतको भिडियो बेलायतबाट सार्वजनिक गरिएको छ । उत्तम जंग लिम्बु र दीपा लामाको स्वर रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम र रोमान्सका किस्साहरुलाई निर्देशक कुशल श्रेष्ठले प्रेमील ढंगले प्रस्तुत गरेका छन् ।

वैँशालु उमेरमा गहिरो प्रेममा परेका एक रोमान्टिक जोडी जसले एक अर्कालाई कति माया गछौँ मलाई भनी, तिमी मेरो शितल जुन र बिहानको किरण हौ जस्ता उपमा दिएर एक अर्काको प्रेममा परेका दृश्यहरु भिडियोमा जति हेर्यो उति हेरौँ हेरौँ लाग्छन् ।

भिडियोमा मोडलद्धय पदम गुरुगं र रिया पुन गुरुगंको प्रेम रोमान्सले भरिएको प्रस्तुती जति हेर्यो उति हेरिरहुँ जस्तो देखिन्छ । पटक पटक हेर्दा पनि धित नमर्ने सार्वजनिक गीतको भिडियो सकिएको दर्शकले पत्तै पाउँदैनन् । कारण हो बेलायतका रमणीय स्थानहरु र मोडलद्धयको गहिरो प्रेमाभाव ।

युवा निर्देशक श्रेष्ठको कमालको छायांकन पनि भिडियोको तारिफयोग्य अर्को पक्ष हो । निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतका शब्द शृजना बिनोद गुरुगंका हुन् भने गीतमा संगीत उत्तम जंग लिम्बुले भरेका छन् ।

संजय शाहको एरेन्ज रहेको गीतमा विकाश धमलाको कलर रहेको छ भने दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ । जसमा मेकअप पनि कोरियोग्राफर दीपिकाकै रहेको छ । जसमा सह छायांकन गहेन्द्र शाक्यको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?