+
+

अजित यादव र राजपुरा पछाईले जिते रोड रेस

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १३:०१

३ असोज, काठमाडौं । पिनाकल कलेजका अजितकुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजित काठमाण्डौ रोड रेसको विजेता भएका छन् ।

५ किलोमिटको सडक दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् ।

महिलातर्फ विजेता राजपूराले २० मिनेट ३५.७५ सेकेन्डको टाइमिङ निकालिन् । विजेता दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

आठौं संविधान दिवसको अवसरमा आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबका सन्तोषविक्रम बिष्ट दोस्रो तथा त्रिभुवन आर्मी क्लबका मोहनदेव जोशी तेश्रो भए ।

महिलातर्फ पुलिस क्लबकै राममाया बुढा दोश्रो र रेखा बिष्ट तेस्रो भइन् । दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद २० हजार र १५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोतिमा ३६५ पुरुष र ११२ जना महिला गरी कुल ४७७ धावकको सहभागिता थियो । रेस दशरथ रंगशालाबाट सुरु भएर थापाथली, माइतीघर, बबरमहल, बिजुलीबजार पुल हुँदै एभरेष्ट होटलको अगाडिबाट फर्किएर सोही रुट रंगशाला आएर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?