+
+

जलमग्न निर्वाचन आयोगमा सुरुवाल सुर्किँदै छिरे नेताहरू(तस्वीरसहित)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असोज ३ गते १६:४३

३ असोज, काठमाडौं । सोमबार दिउँसो परेको भारी वर्षाका कारण निर्वाचन आयोगको कार्यालय परिसर जलमग्न भएको छ ।

पानीको निकास थुनिएर कार्यालयबाहिर जलमग्न भएका कारण समानुपातिक निर्वाचन पद्धतिको सूची बुझाउन आयोग पुगेका दलका नेताहरु समस्यामा परेका छन् । उनीहरु जमेको पानी छिचोलेर कार्यालयभित्र प्रवेश गर्न कठिनाइ भएको छ ।

आयोगमा खटिएका सुरक्षाकर्मीले जमेको पानी निकास गराउने काम गरिरहेका छन् ।

विभन्न दलका नेता कार्यकर्ता पाइन्ट माथि सर्दै भित्र आएका छन् ।

समानुपातिक पद्धतिको सूची बुझ्न आयोगले राजनीतिक दलसम्बन्धी महाशाखा बाहिर डेस्क स्थापना गरेको छ । त्यहाँ कर्मचारीहरु समानुपातिक सूची बुझ्न तयार भएर बसेका छन् ।

अपरान्हसम्म साना दलका नेता कार्यकर्तामात्र सूची लिएर आएका छन् । ठूला दलका नेताहरु दिउँसो ४ बजेपछि मात्र आउन थालेका छन् ।

हेर्नुस् तस्वीरहरु :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?