+
+

सौराहामा सूर्या लाइफको वार्षिक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १८:१५

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा वार्षिक सम्मान कार्यक्रम आयोजना गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट बुटवल शाखाका कमलप्रसाद घिमिरे, ललितपुर शाखाका पदमबहादुर फागो र विमला राई सम्मानित भएका छन् ।

यस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) ललितपुर शाखाका उप्रिन्द्र राई, कमलप्रसाद घिमिरे (बुटवल) र भक्त बहादुर राई (जोरपाटी) सम्मानित भएका छन् ।

उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको छ । बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सात प्रदेशबाट उत्कृष्ट व्यावसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको छ । उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरिएको थियो ।

उक्त अवसरमा दुई विधाबाट पुरस्कृत भएका बुटवल शाखाका कमलप्रसाद घिमिरेले कम्पनीले आफनो कामप्रतिको लगावलाई पहिचान गरी सम्मानित गरेकोमा अझै काम गर्ने प्रेरणा मिलेको बताए । उनले भन्ने ‘अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी सम्मानित गरेकोमा संस्थाप्रति कृतज्ञ छु र ज्यादै गौरवान्वित भएको छु, आउँदा दिनमा अझै काम गर्ने प्रेरणा थपिएको छ ।’

कार्यक्रममा पुरस्कृतहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले बधाइ तथा शुभकामना दिँदै आगामी दिनहरुमा अन्य एजेन्सी म्यानेजर, अभिकर्ता एवं कर्मचारीहरुले अझै उत्कृष्ट काम गर्ने अपेक्षा आफूले लिएको बताए । कार्यक्रममा कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?