+
+

टोरन्टोमा स्पिलवर्गको फिल्म ‘फेबेलम्यान्स’ सर्वोत्कृष्ट, बन्यो ओस्कारको प्रमुख दाबेदार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १३:०५
फिल्म फेबेलम्यान्सका निर्देशक स्टिभन स्पिलबर्ग

काठमाडौं । स्टिभन स्पिलबर्ग निर्देशित फिल्म ‘फेबेलम्यान्स’ले प्रतिष्ठित टोरन्टो फिल्म फेस्टिभलमा शीर्ष पुरस्कार जितेको छ ।

स्पिलवर्गको बाल्यकालीन अनुभवलाई पेस गर्ने फिल्मले ११ दिनसम्म चलेको फेस्टिभलमा सबैभन्दा बढी भोट पाउँदै क्रिटिक्स च्वाइस अवार्ड जित्यो । टोरन्टो फेस्टिभलमा यो विधा जित्ने फिल्मलाई ओस्कार अवार्डको दाबेदार समेत मानिन्छ । किनभने, टोरन्टोका विजेता फिल्मले ओस्कारमा कुनै न कुनै विधामा जित हासिल गरेका छन् ।

सामी नामक बालकको भोगाइ पेस गर्ने फिल्म ‘फेबेलम्यान्स’ पछिल्लो सप्ताहन्त फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको थियो । स्पिलवर्गका आमाबाबुजस्तै सामीका आमाबुबा पनि अलग हुँदैछन् र ऊ जीवनको समस्याबाट भाग्ने माध्यमको रुपमा फिल्म निर्माणलाई आत्मसात गर्न चाहन्छ । टोरन्टोको पिपुल च्वाइस अवार्ड अवार्ड सिजनको प्रमुख पुरस्कार समेत हो । यसलाई आगामी ओस्कारको दाबेदारको रुपमा समेत लिने गरिन्छ ।

एक विज्ञप्तिमा स्पिलवर्गले भनेका छन्, ‘यो फिल्म मैले बनाएको सबैभन्दा निजी चलचित्र हो र टोरन्टोमा सबैको न्यानो स्वागतले म र फेबेलम्यान्स परिवारका लागि घनिष्ठ र व्यक्तिगत बन्यो ।’

पछिल्ला १० वर्षमा हरेक पिपुल च्वाइस अवार्डका विजेताले ओस्कारमा उत्कृष्ट फिल्मको मनोनयनमा आफ्नो नाम दर्ता गरेका छन् । टुभेल्भ इयर्स अफ स्लेभ, ग्रीनबुक र नोमल्यान्डले त ओस्कार अवार्ड जितेका छन् ।

सन् २०१६ मा फिल्म मुनलाइटले फेस्टिभलमा उत्कृष्ट तीनमा पनि सहभागिता जनाउन सकेन तर यसले ओस्करमा उत्कृष्ट फिल्मको अवार्ड जित्यो ।

द फेबलम्यान्स बेलायतमा चाहिं सन् २०२३ को जनवरी २७ मा प्रदर्शन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?