+
+

५२ अर्बले बढ्यो बैंकको निक्षेप

कर्जा रकम १४ अर्बले विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १८:१९

४ असोज, काठमडौं । साउनमा १ खर्ब ७ अर्ब भन्दा बढीले गिरावट भएको वाणिज्य बैंकहरुको निक्षेप भदौमा भने ५२ अर्ब भन्दा बढीले वृद्धि भएको छ । नेपाल सरकारले कर्मचारीको तलब तथा दशैं भत्ता भुक्तानी गरेसँगै बैंकहरुमा निक्षेप पनि बढेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन् ।

असार २०७९ मा ४५ खर्ब ४१ अर्ब ४४ करोड पुगेको बैंकहरुको कुल निक्षेप साउनमा ४४ खर्ब ३३ अर्ब ३७ करोडमा झरेको थियो । तर, भदौ लागेपछि भने क्रमिक सुधार हुँदै मसान्तमा आउँदा ४४ अर्ब ८५ अर्ब ५१ करोड पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

सरकारले कर्मचारीको तलब तथा दशैं भत्ता निकासा गर्दा बैंकहरुको निक्षेप बढेको भएपनि दशैं नजिकिंदै जाँदा उक्त निक्षेप घट्ने बैंकर्सहरु नै बताउँछन् । बाह्य क्षेत्रमा सुधार भएर निक्षेप नबढेको र पूँजीगत खर्च पनि नबढेको भन्दै चालु खर्चमा भएको वृद्धिले निक्षेपमा खासै वृद्धि नहुने बैंकरहरुको तर्क छ ।

निक्षेपमा वृद्धि भएसँगै बैंकहरुको कर्जा लगानी पनि बढेको छ । भदौ महिनामा कर्जा १३ अर्ब ७५ करोडले कर्जा बढेको बैंकर्स संघले जनाएको छ । २०७९ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रहेको कुल कर्जा साउन मसान्तमा ४१ खर्ब ७६ अर्ब ५२ करोड पुगेकोमा भदौ मसान्तमा आउँदा ४१ खर्ब ९० अर्ब २८ करोड पुगेको संघले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २५ करोड रहेको कुल बजेट खर्च भदौ मसान्तमा आउँदा बढेर १ खर्ब ३४ अर्ब ३३ करोड पुगेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

भदौसम्मको कुल बजेट खर्चमध्ये चालुतर्फ १ खर्ब ८ अर्ब ७३ करोड, पूँजीगत तर्फ ५ अर्ब ८६ करोड र वित्तीय व्यवस्थातर्फ १९ अर्ब ७५ करोड रहेको छ ।

अधिकांश बैंकको निक्षेप घट्यो

चालु आर्थिक वर्ष २०७९/८० लागेपछि सञ्चालनमा रहेको २६ मध्ये ७ वटा बैंकले निक्षेपमा सुधार गर्दा एउटा बैंकको स्थिर छ । अन्य १८ बैंकको निक्षेप भने घटेको छ । एनआईसी एशिया बैंकले २ महिनामा १३ अर्ब ९४ करोडले निक्षेप बढाउँदा नेपाल एसविआई बैंकको ५ अर्ब ३४ करोडले बढेको छ ।

यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको निक्षेप ३ अर्ब ४ करोड, नबिल बैंकको १ अर्ब १७ करोड, एभरेष्ट बैंकको १ अर्ब १७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको १६ करोड, राष्ट्रिय वाणिज्य बैंकको १३ करोडले निक्षेप बढेको छ ।

निक्षेप घट्नमा भने प्रभु बैंकक अगाडि छ । बैंकको निक्षेप १३ अर्ब ३४ करोडले घट्दा, एनसीसी बैंकको १३ अर्ब ४ करोडले घटेको छ । यस्तै सानिमा बैंकको पनि निक्षेप ७ अर्ब ४७ करोडले घटेको छ । यस्तै सेञ्चुरी बैंकको निक्षेप पनि ६ अर्ब १२ करोडले घटेको छ ।

१० बैकको कर्जा घट्यो

चालु आव सुरु भएपछि निक्षेप घटेसँगै बैंकहरुले कर्जा पनि विस्तार गर्न सकेनन् । असार मसान्तको तुलनामा १० वाणिज्य बैंकहरुको लगानीमा रहेको कर्जा घटेको छ ।

एनसीसी बैंकको कर्जा सर्वाधिक ८ अर्ब ४७ करोड घटेको छ । नेपाल बैंकको कर्जा ४ अर्ब ८७ करोड, सेञ्चुरी बैंकको ४ अर्ब ३४ करोड, बैंक अफ काठमाण्डूको २ अर्ब ११ करोड, प्राइम कमर्सियल बैंकको २ अर्ब ७ करोड, कृषि विकास बैंकको १ अर्ब ४६ करोड, सिभिल बैंकको १ अर्ब १५ अर्ब राष्ट्रिय वाणिज्य बैंकको ३८ करोड, कुमारी बैंकको ३२ करोड, र सनराइज बैंकको कर्जा १ करोडले बढेको छ ।

यता सानिमा बैंकको कर्जा ६ अर्ब ८२ करोडले वृद्धि हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा ६ अर्ब ५६ करोडले बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?