+
+

डा. केसी र सरकारी वार्ता टोलीबीचको वार्ता निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १९:३०

४ असोज, काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ ।

वार्तामा सहमति हुनसक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुनसकेको छैन । भोलि (बुधबार) फेरि वार्ता गर्ने गरी आजको छलफल सकिएको छ ।

९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको उनी उपचाररत सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालले स्वास्थ्यमा थप जटिलता हुनसक्ने बताएपछि उनलाई लिन नेपाली सेनाको स्काइ ट्रक धनगढीमा गएको थियो । तर उनले माग पूरा नभएसम्म धनगढी नछाड्ने अडान राखेपछि स्काइ ट्रक फर्केको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?